
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार माघ महिनामा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व उठेको छ।
माघ महिनाका लागि भन्सारले तोकेको लक्ष्यको तुलनामा यो सङ्कलन १०२ दशमलव ३४ प्रतिशत हो। पछिल्लो समय आयात निर्यातमा भएको सुधारका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको कार्यालयको भनाइ छ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षमा कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। सात महिनाको प्रगति हेर्दा वार्षिक लक्ष्य भेट्टाउन भन्सार प्रशासन सक्रिय देखिएको छ।

























