विराटनगरको जेबी ट्रान्सपोर्टबाट २० बाेरा कपडा बरामद

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १८:४७

विराटनगर । विराटनगर महानगरपालिका– ७ मा रहेको ट्रान्सपोर्टबाट प्रहरीले बिल बिजक नभएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सात घुम्तीमा रहेको जेबी ट्रान्सपोर्टमा बिल बिजकमा कम मूल्याङ्कन गरिएको र भीसीटीएस बिलसमेत नभएको लत्ताकपडा राखिएको सूचनाका आधारमा पुगेको प्रहरीले सेतो प्लास्टिकको बोरामा प्याक गरी राखिएको २० वटा पोका (बाेरा) लत्ताकपडा बरामद गरेको हो ।

बरामद गरिएका ती सामानहरूको बजार मूल्य करिब ७ लाख ३० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । बिल बिजक नभएपछि प्रहरीले बरामद गरिएका सामान कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.