नेप्सेमा पहिरो: सबै सूचक राताम्मे, कारोबार रकम पनि खुम्चियो

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १५:२९

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.५९ अंकले घटेर २६१४ विन्दुमा कायम भएको छ। बजारसँगै कारोबार रकममा पनि उल्लेख्य कमी देखिएको छ।

गत मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज आइतबार त्यो रकम घटेर ६ अर्ब ६९ करोडमा सीमित भएको छ। बजारमा आज कुल ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत रूपमा हेर्दा आज सबै उपसूचकहरू राताम्मे भएका छन्। व्यापार समूह सबैभन्दा धेरै ३.५९ प्रतिशतले घट्यो भने जलविद्युत् १.८१ र विकास बैंक १.४१ प्रतिशतले ओरालो लागे। बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, लगानी, र बीमा लगायतका सबै क्षेत्रमा गिरावट आएको छ।

यस्तो गिरावटको बीचमा पनि साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, कालिका लघुवित्त र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले पनि केही कमाएका छन्। अर्कोतर्फ, बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशतले घट्यो भने रिडी पावर र अरुणखोला जलविद्युत्का लगानीकर्ताले पनि बढी गुमाएका छन्।

आजको बजारमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल र ङादी ग्रुप लगायतका कम्पनीहरूको सर्वाधिक कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.