दुर्गा प्रसाईंको मुद्दामा फाइल झिकाउन आदेश

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ११, सोमबार १८:३९

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट उक्त फाइल उपलब्ध गराउन आदेश जारी गरेको हो। जिल्ला प्रहरी परिसरले बुझाएको लिखित जवाफको अध्ययनपछि अदालतले थप प्रमाणका लागि फाइल झिकाउने निर्णय गरेको बताए।

प्रसाईंलाई प्रहरीले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सञ्चालन गर्न लागेको आशंकामा पटक-पटक नियन्त्रणमा लिँदै आएको छ।

यसअघि माघ ५ मा पोखराबाट पक्राउ परेका उनलाई बयानपछि छाडिएको थियो भने माघ २३ मा पनि पक्राउ गरी हाजिर जमानीमा मुक्त गरिएको थियो। निर्वाचनबारे उनले दिएका अभिव्यक्तिलाई आधार बनाएर साइबर ब्यूरोले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.