
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मतगणनास्थलमा निधन भएको छ।
पार्टी स्रोतका अनुसार मतगणना प्रतिनिधि भएर मोरङ क्षेत्र नम्बर २ को सिजुवास्थित विश्वनाथत मन्दिरमा रहेका उनको हृदयाघातका कारण निधन भएको हो।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
























