पिंक केयराथन: सन्तोषी श्रेष्ठले जितिन् हाफ म्याराथन

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १५:५०

ललितपुर । महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना जगाउने उद्देश्यले आयोजित ‘काठमाडौँ पिंक केयराथन’ ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ। लेजरपोर्ट नेपालद्वारा आयोजित उक्त प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छन्। यस्तै, नेपाल आर्मीकी राज्यलक्ष्मी रावल दोस्रो र सरस्वती भट्टराई तेस्रो भएका छन्।

शनिबार बिहान जुम्बा सत्रबाट सुरु भएको कार्यक्रममा विभिन्न दूरीका दौड प्रतियोगिताहरू सञ्चालन गरिएको थियो। १० किलोमिटर दौडतर्फ नेपाल आर्मीकी निर्मला केसी पहिलो, सशस्त्र प्रहरीकी आशा राउत दोस्रो र नेपाल प्रहरीकी सुमित्रा चौधरी तेस्रो भए। हाफ म्याराथनका विजेताहरूले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, १० किलोमिटरतर्फका विजेतालाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको यस केयराथनमा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष नमराज जोशीले बताए। कार्यक्रममा भारतीय गायक जनिष्ट जोशीले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए। ५ र ३ किलोमिटरका ‘फन रन’ समेत समावेश गरिएको यस कार्यक्रमले स्वास्थ्य र खेलकुदका माध्यमबाट सामाजिक सचेतना फैलाउन सहयोग पुर्‍याएको आयोजकको विश्वास छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.