महिला लिग फुटबलको उद्‌घाटन खेलमा एनआरटी र संकटा भिड्दै 

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १९:३२
महिला लिग फुटबलको उद्‌घाटन खेलमा एनआरटी र संकटा भिड्दै 

काठमाडौं । ‘सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको महिला लिग फुटबल प्रतियोगिताको उद्‌घाटन खेल बुधबार न्यु रोड टिम (एनआरटी) र संकटा क्लबबीच च्यासल फुटबल रंगशालामा हुनेछ ।

बुधबार नै हुने दोस्रो खेल विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा एफसीबीच हुनेछ । एन्फाका अनुसार यस पटक लिगका सम्पूर्ण खेलहरू च्यासल फुटबल रंगशालामा सञ्चालन गरिने छ । मंगलबार एन्फा मुख्यालयमा आयोजित प्रिम्याच प्रेस कन्फ्रेन्समा सहभागी सबै टोलीका कप्तान र प्रशिक्षकहरूले आफूहरू उपाधि जित्ने दाउका साथ मैदान उत्रन तयार रहेको बताए  ।

लिग प्रतियोगितामा ३ विभागीय टोलीसहित ९ वटा टोलीले सहभागिता जनाएका छन् । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबका साथै बागमती युथ क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यु रोड टिम (एनआरटी),  आर एस रिसोर्ट एन्ड बिच फुटबल तथा संकटा एफसीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको सुरुवाती तालिकामा राप्ती एफसीको पनि नाम समावेश थियो । तर, आइतबार एन्फा र क्लबबीच भएको छलफलपछि प्राविधिक कारणवश राप्ती लिग खेल्न नपाउने निर्णय गरेको हो ।

वैशाख १२ गतेसम्म हुने महिला लिग प्रतियोगिताले महिला फुटबलमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । यस लिगले नयाँ र प्रतिभावान् खेलाडीहरूलाई राष्ट्रिय टिमको ढोका खोल्ने अवसर समेत प्रदान गर्ने छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.