फिफाद्वारा इरानको प्रस्ताव अस्वीकार, विश्वकप २०२६ को तालिका यथावत् रहने

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १३:४०
फिफाद्वारा इरानको प्रस्ताव अस्वीकार, विश्वकप २०२६ को तालिका यथावत् रहने

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप फुटबलको खेल तालिकामा कुनै परिवर्तन नगर्ने स्पष्ट पारेको छ। इरानले सुरक्षा र राजनीतिक कारण देखाउँदै आफ्ना खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिकोमा सार्न गरेको प्रस्तावलाई फिफाले अस्वीकार गरेको हो ।

इरानमाथि अमेरिका–इजरायल युद्ध चलिरहेको कारणले गर्दा इरानले आफ्ना खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्न प्रस्ताव गरेको थियो ।

फिफाले एक विज्ञप्ति जारी गर्दै ६ डिसेम्बर २०२५ मा घोषित तालिका अनुसार नै सबै खेलहरू सञ्चालन हुने जनाएको छ। ‘फिफा सबै सहभागी सदस्य संघहरूसँग नियमित सम्पर्कमा छ र निर्धारित तालिका बमोजिम नै प्रतिस्पर्धा हुनेमा विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप ११ जुन २०२६ देखि सुरु हुँदै छ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले इरानका विश्वकप खेलहरू आफ्नो देशमा आयोजना गर्न मेक्सिको सक्षम र तयार रहेको बताएकी छिन्। इरानले सुरक्षाको कारण देखाउँदै अमेरिकाबाट खेल सार्न खोजेपछि मेक्सिकोले आफ्नो कूटनीतिक सम्बन्ध सबै देशसँग राम्रो रहेको भन्दै स्वागत गर्ने संकेत दिएको थियो।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.