प्रधानमन्त्री कप क्रिकेटका लागि कोशी प्रदेश टोलीको घोषणा

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १९:४५
प्रधानमन्त्री कप क्रिकेटका लागि कोशी प्रदेश टोलीको घोषणा

विराटनगर । काठमाडौंमा आयोजना हुन लागेको प्रधानमन्त्री कप क्रिकेट (पीएम कप) प्रतियोगिताका लागि कोशी प्रदेशका खेलाडी टोलीको नाम घोषणा गरिएको छ ।

काठमाडौंमा चैत ७ गते शनिबारदेखि हुने पीए कपका लागि सुजन थपलियाको नेतृत्वमा १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरेको कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशको इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरबाट खेलाडी चयन गरिएको छ ।
प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट हटाएर झापाका सुजन थपलियालाई कप्तानीको जिम्मेवारी दिइएको संघले जनाएको छ । झापाबाट ६, मोरङबाट ४, उदयपुरबाट ३, सुनसरी र इलामबाट समान १ जना खेलाडी टोलीमा सहभागिता भएका छन् ।

अध्यक्ष पाण्डेले थपलियाको कप्तानीमा टोलीले सुखद नतिजा दिने अपेक्षा गरेका छन् । प्रतियोगिताका लागि प्रशिक्षकको जिम्मेवारी राजकुमार प्रधान, व्यवस्थापकमा शशिशेखर झा र फिजियो विपिन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

टोलीमा  मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दाेष अन्सारी, दीपेश कँडेल, प्रेम कामत रहेका छन् । बागमती र मधेस प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले ९ वटा खेल खेल्ने छ । कूल ४६ वटा खेल हुने प्रतियोगिताको उपाधि भिडन्त वैशाख ४ गते वीरगञ्जमा हुनेछ ।

प्रतियोगितामा ७ प्रदेशका साथै ३ विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.