
काठमाडौं । काठमाडौंमा भइरहेको सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग पनि स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार विज्ञप्ती निकालेर शुक्रबारदेखि महिला लिग अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।
विदेशी खेलाडीको भिसाको कारण अध्यागमन विभागले बिहीबार एन्फालाई पत्र लेखेको थियो । सो पत्र पश्चचात एन्फाले आजै पुरुषको लिग पनि स्थगित भएकाे सूचना जारी गरेको थियो ।


























