‘अनिल–मीन’ ट्रफीको उपाधिका लागि शनिबार मोरङ र सुनसरी खेल्दै  

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १७:३५
‘अनिल–मीन’ ट्रफीको उपाधिका लागि शनिबार मोरङ र सुनसरी खेल्दै  

विराटनगर । विराटनगरमा जारी ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ । प्रतियोगिताको दोस्रो दिनको खेलमा सुनसरीले मोरङलाई पराजित गरेको हो ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा सुनसरीले मोरङलाई २१ रनले हराउँदै ३ खेलको सिरिज १–१ को बराबरी बनाएको छ । यसअघि बिहीबार भएको खेलमा मोरङले सुनसरीलाई पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जितका लागि शनिबार दुवै टोली खेल्ने छन् ।

सुनसरीले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४ ओभर ४ बलमा अलआउट हुँदै १ सय २ रनको चुनौती प्रस्तुत गर्‍यो । आशिष मण्डल २५ रन, रोशन घिमिरे खत्रीले १६ रन, अफान ताहिरले १३ रन र आकाश सराफले १० रन बनाए । मोरङका कृष शर्माले ५ विकेट, कृतिक कामतले ३ विकेट तथा महबुब इराकी र अमर यादवले समान १–१ विकेट लिए ।

मोरङले १ सय ३ रन विजयी लक्ष्य पछ्याउने क्रममा २३ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा ८१ रनमै समेटियो । अटल साहले २२ रन र आइन्सटाइन रिजालले १३ रन मात्रै बनाए । प्लेयर अफ म्याच सुनसरीका कविराज खत्रीले ५ विकेट र रविन मण्डलले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.