कार्कीको ललितपुरदेखि उत्तर प्रदेशसम्म दौड सुरु

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार ०८:४५
कार्कीको ललितपुरदेखि उत्तर प्रदेशसम्म दौड सुरु

काठमाडौं । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा सुरु गरेका छन् ।

करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते राम नवमीका दिन पूरा गर्ने बताए । दौड अघि नै कार्की र पूर्व खेलाडी गोकुल खत्रीले रुट अवलोकन गरेका थिए ।

गोदावरी नगरपालिका–१ गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गरेका  हुन् । उनी त्यहीँका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पितलको गदा निर्माणका लागि सहयोग संकलन गर्न विगतमा अभियानलाई निरन्तरता दिन दौडेको कार्कीले जानकारी गराए ।

मन्दिर परिसरमै सफलताका लागि शुभकामना दिँदै कार्कीका बुवा शिवराम लगायत कार्कीलाई बिदाइ गरेका थिए ।

कार्की यसअघि ललितपुरदेखि जनकपुर ५ पटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।

त्यस्तै, उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए ।कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला नै दौडेर पुगेका थिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.