सुनसरीलाई ‘अनिल–मीन’ क्रिकेटको उपाधि 

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १९:२८
सुनसरीलाई ‘अनिल–मीन’ क्रिकेटको उपाधि 

विराटनगर । विराटनगरमा भएको ‘अनिल–मीन’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा सुनसरीले मोरङलाई ७४ रनले हराउँदै उपाधि जितेको हो । सुनसरी र मोरङबीच भएको ‘बेस्ट अफ ३’ को सिरिजमा सुनसरीले २ खेल जित्यो भने मोरङले १ खेलमा मात्रै जित निकाल्न सफल भयो । ५० ओभरको खेल भए पनि मौसमका कारण ओभर घटाएर ४० ओभरको मात्रै खेलाइएको थियो ।

मोरङ टस जितेर बलिङ रोज्दै पहिलो ब्याटिङको अवसर सुनसरीलाई दिएको थियो । पहिलो ब्याटिङको मौका पाएको सुनसरीले ४० ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ४६ रनको चुनौती प्रस्तुत गर्‍यो । सुनसरीका रबिन मण्डलले ८१ रन र रोशन घिमिरेले १० रन बनाए । मोरङका कृश शर्माले  ३ विकेट, कृतिक कामतले २ विकेट तथा प्रतीक पोखरेल, यथार्त बचन यादव र अमर यादवले समान १–१ विकेट लिए ।

मोरङ पाएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७२ रनमै समेटियो । मोरङका प्रतीक पोखरेलले १९ रन र कृश शर्माले १२ रन बनाए । सुनसरीका कविराज खत्रीले ५ विकेट, रबिन मण्डलले ३ विकेट र गौरव कटवालले १ विकेट लिए । खेलको प्लेयर अफ म्याच सुनसरीका रबिन मण्डल भए ।

त्यस्तै, प्लेयर अफ सिरिज सुनसरीका कविराज खत्री, उत्कृष्ट ब्याटर सुनसरीकै रबिन मण्डल, उत्कृष्ट बलर मोरङका कृश शर्मा भए भने उदयमान खेलाडी सुनसरीका अब्दुल रफा भए ।

खेलाडीहरूलाई पूर्वखेलाडीद्वय अनिल श्रेष्ठ र मीन दाहाल तथा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु, सुनसरी क्रिकेट संघका अध्यक्ष सिपी पौडेल, फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.