एरिका गुरुङ तमु धीको सद्भावना दूत

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार १९:२०
एरिका गुरुङ तमु धीको सद्भावना दूत

काठमाडौं । नेपाली राष्ट्रिय कराँते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एरिकालाई अप्रिलदेखि लागू हुने एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको जानकारी दिइयो । तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराँते महासंघका महासचिव दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

विश्व नम्बर एक बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले एरिकालाई तमु धीले सहयोग गर्ने भएको हो । कराँतेकी अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङको पहलमा एरिका र तमु धी एसोसिएसन युकेबीच सहयोगका लागि सहकार्य भएको बताइएको छ ।

सम्झौताअनुरूप विश्व कराँते महासंघ (डब्लुकेएफ) र एसियन कराँते महासंघ (एकेएफं का आधिकारिक प्रतियोगिता खेल्न तमु धी एसोसिएसन युकेले टिकट, आवश्यक खेल सामग्री, दुई जोडी ट्रयाकसुट र हरेक प्रतियोगिताका लागि ५ सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ । एरिकाले उपलब्ध गराएको पोसाकमा तमु धीको लोगो राख्नु पर्ने छ ।

नेपाली राष्ट्रिय कराँते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एसियाली खेलकुदमा राज्यको लगानी हुने भएकाले त्यसमा सहयोग नलिने स्पष्ट पारे ।

साथै, डब्लुकेएफ र एकेएफअन्तर्गतका प्रमुख प्रतियोगिताहरूमा उनको सहभागिता सुनिश्चित गरिने छ । एरिकाले सन् २०२६ र ०२७ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कराँते प्रिमियर लिग, एसियन च्याम्पियनसिप, विश्व सितोरियो कराँते च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

कार्यक्रममा तमु धी एसोसिएसन युकेका उपाध्यक्ष कमल गुरुङले संस्थाले विगतदेखि नै देशको खेलकुद, शिक्षा तथा प्राकृतिक विपद्का बेला सहयोग गर्दै आएको उल्लेख गर्दै विश्वस्तरमा सफलता दिलाउन सक्ने प्रतिभाशाली खेलाडीलाई सहयोग गर्न आफ्नो संस्था सदैव अगाडि रहेको बताए । उनले एरिका गुरुङजस्ता सक्षम खेलाडीलाई साथ दिन पाउनु संस्थाका लागि गर्वको विषय भएको धारणा व्यक्त गरे ।

सद्भावना दूत नियुक्त भएपछि एरिकाले विश्व कराँते महासंघ (डब्लुकेएफ) वरीयतामा शीर्ष स्थानमा पुग्ने आफ्नो लक्ष्य रहेको बताइन् । तमु धी युकेको साथ र सहयोगले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै उनले आगामी प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहने बताइन् ।

महासंघका अध्यक्ष दावा गुरुङले यस किसिमको सहयोगले अन्य खेलाडीलाई पनि सहयोग मिल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका दौरान आत्मबल मिल्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.