काठमाडौंमा कुङफुका भूपेन्द्र र सुजन सम्मानित

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार १८:५६
काठमाडौंमा कुङफुका भूपेन्द्र र सुजन सम्मानित

काठमाडौं । नेपाल उमा कुङफु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो ।

उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजितकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

भूपेन्द्रले अमेरिका, जर्मनी, थाइल्यान्ड र युकेमा भएका विभिन्न प्रतियोगितामा हालसम्म १२ स्वर्ण र २ रजत पदक जितेका छन् । सुजनले हालसालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा २ स्वर्ण जितेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले खेलाडीले हासिल गरेको उपलब्धिले उमा कुङफु संघलाई मात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको धारणा गरे ।

भूपेन्द्रले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि राष्ट्रलाई पदक दिलाउन निरन्तर क्रियाशील रहने बताए । सुजनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै मनोबल उच्च भएको बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.