प्रदेशहरूमा ‘अटिजम नमुना विद्यालय’ स्थापनाको तयारी

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार २०:४८

काठमाडौं । सरकारले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै सातै प्रदेशमा ‘अटिजम नमुना विद्यालय’ स्थापना गर्ने तयारी अघि बढाएको छ ।

विश्व अटिजम सचेतना दिवसको अवसरमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा भएको बैठकले प्रत्येक प्रदेशमा एक–एक वटा नमुना विद्यालय स्थापना गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको बैंठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालगायत सम्बन्धित मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो ।

Advertisement

बैठकले अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाका लागि प्रदेशस्तरमै विशेष आवासीय विद्यालय सञ्चालन गर्ने योजना अघि बढाउने निर्णय गरेको हो । सरकारले प्रस्ताव गरेको योजनाअनुसार स्थापना गरिने विद्यालयहरूलाई शैक्षिक संस्थामा सीमित नराखी स्वास्थ्य, मनोसामाजिक परामर्श, थेरापी सेवा र जीवन सीप विकास समेटिएको समग्र सेवा केन्द्रका रूपमा विकास गरिनेछ ।

बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन आवासीय सुविधासहितको संरचना निर्माण गर्ने तयारी पनि गरिएको छ । मन्त्री पोखरेलले अटिजम भएका बालबालिकालाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम अघि बढाइएको जानकारी दिँदै कार्यान्वयनलाई तीव्रता दिइने बताए ।

बैठकमा मन्त्रालयहरूबीच समन्वय मजबुत बनाउन प्राविधिक समिति गठन गर्ने निर्णय पनि गरिएको छ । जसले विस्तृत अवधारणा–पत्र तयार गर्नेछ । सरकारले हाल सञ्चालनमा रहेका तथा निर्माणाधीन विशेष शिक्षा कार्यक्रमहरूको प्रगति समीक्षा पनि गरेको छ । सहभागीहरूले दक्ष जनशक्ति, निरन्तर बजेट र स्पष्ट कार्यान्वयन ढाँचा आवश्यक रहेको सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×