लोकतन्त्र जनतामा अनुभूति हुनुपर्छ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार ११:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा प्रत्यक्ष अनुभूत हुने व्यवस्था बनाउनुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमार्फत उनले लोकतान्त्रिक आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्राप्त उपलब्धिहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनका अनुसार लोकतन्त्र ऐतिहासिक उपलब्धिमा सीमित नभई जनताको दैनिक जीवनमा अनुभूति हुनुपर्छ ।

Advertisement

उनले अपेक्षा र उपलब्धिबीच अझै दूरी कायम रहेको स्वीकार गर्दै यसको समाधान लोकतन्त्रको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी शासन प्रणाली भएको स्पष्ट पारे । थापाले संविधानको मर्मअनुसार सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।

उनले लोकतन्त्रलाई व्यवहारिक र परिणाममुखी बनाउँदै नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.