चिकित्सक संघमा डा. बद्री रिजालको जीत, कोशीको उपाध्यक्षमा डा. रोशन खड्का

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १५:४६

काठमाडौं । नेपाल चिकित्सक संघको ३०औं कार्यकारिणीका लागि भएको निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले ३१९६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई २५६ मतले पराजित गरे । रावलले २९४० मत ल्याउँदा अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २३०२ र डा. अजयकुमार मिश्रले १४२१ मत ल्याए । महासचिवमा डा. विश्वराज दवाडी २७२२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी डा. कालुसिंह खत्रीले २४२३ र डा. अमृत भुसालले १६४६ मत प्राप्त गरे ।

उपाध्यक्षहरूमा प्रदेशगत प्रतिनिधित्वअनुसार डा. रोशन खड्का (कोशी), डा. अमृत राजन मिश्र (मधेश), डा. सुवास भट्टराई (बागमती), डा. योगेशराज सिग्देल (गण्डकी), डा. नन्दा गुरुङ (लुम्बिनी), डा. रविन खड्का (कर्णाली) र डा. प्रमोद जोशी (सुदूरपश्चिम) निर्वाचित भएका छन् । सचिव पदमा डा. हुलास अग्रवाल विजयी भएका छन् भने कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल निर्वाचित भए ।

सदस्यमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन् । नयाँ कार्यसमितिमा निर्वाचित भएकाहरुले संघको नीति निर्माण, पेसागत हकहित र संगठन विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

निर्वाचन काठमाडौं उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते सम्पन्न भएको थियो । कुल ७१०० मत खसेको यस निर्वाचनमा ‘टिम बन्द्री’, ‘टिम मंगल’ र ‘टिम रिफर्म’ नामका तीन प्यानल प्रतिस्पर्धामा उत्रिएका थिए । नयाँ नेतृत्वले संघभित्र नीतिगत सुधार, चिकित्सकहरूको पेसागत सुरक्षा र स्वास्थ्य क्षेत्रका चुनौती समाधानतर्फ ध्यान दिने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×