स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १४:०२
स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले आफ्ना स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । अस्पतालमा हुनसक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूलाई एक दिने प्रशिक्षण दिइएको हो ।

अस्पतालकी संक्रमण रोकथाम तथा नियन्त्रण टोलीकी इन्चार्ज निशा पौडेलले नर्सिङ स्टाफहरूलाई आधारभूत सिद्धान्त, व्यक्तिगत सुरक्षा, उपकरण व्यवस्थापन र जोखिम न्यूनीकरणका विषयमा प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणका क्रममा फोहर मैला व्यवस्थापनका साथै स्वास्थ्यकर्मीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यास समेत गराइएको थियो ।

इन्चार्ज पौडेलका अनुसार सहभागीहरूलाई हातको सही सरसफाइ गर्ने तरिका, फोहर मैलाको सुरक्षित विसर्जन, सिभिसि ड्रेसिङ र स्वास्थ्य उपकरणहरूको सुरक्षित व्यवस्थापनबारे प्रयोगात्मक अभ्यास गराइएको थियो ।
कार्यक्रममा अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीले स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गर्न यो तालिम निकै फलदायी हुने विश्वास व्यक्त गरिन् । ‘स्वास्थ्यकर्मीहरूलाई सुरक्षित र सहज वातावरणमा काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको हो,’ मेट्रोन पराजुलीले भनिन् । उनले आगामी दिनहरूमा पनि अस्पतालका विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी यस्ता सीपमूलक र सचेतनात्मक कार्यक्रमहरू सञ्चालन गरिने बताइन् ।

अस्पताल प्रशासनका अनुसार प्रशिक्षणमा विभिन्न वार्डका इन्चार्जहरू, नयाँ नर्सिङ स्टाफसहित करिब १ सय बढी स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । यस किसिमको तालिमले अस्पतालको सेवालाई थप सुरक्षित र गुणस्तरीय बनाउन मद्दत पुग्ने कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×