विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १७:१६

विराटनगर । विराटनगर महानगरपालिका– ९ स्थित ट्राफिक चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार  दिउँसो लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा पुगेकाे लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले ११९ ग्राम खैरो हिरोइनसहित भारतको अररिया जिल्ला, जोगबनी–१० टिकुलिया बस्ती बस्ने १९ वर्षीय इरफान खान र विराटनगर महानगरपालिका १७ का १९ वर्षीय इफ्रिद मियाँलाई पक्राउ गरेकाे हाे ।

Advertisement

खानकाे साथबाट ११९ ग्राम खैरो हिरोइन बरामद भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुले प्रयाेग गर्ने बीर ३८ एयस ६५९८ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्त्रणमा लिएकाे छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 
विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ
रास्वपा प्रदेश सभापतिमा राई निर्वाचित
रास्वपा नेतृ तामाङकाे स्टाटस : ‘आजबाट राजनीतिक बिट मारे’
बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ
अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान
रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना
  सुनको मूल्य घट्यो 
बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्दै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.