शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १८:१६
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ त्रिवेणी चोकमा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

धरान–१७ का ३५ वर्षीय प्रकाश राईको घरबाट प्रहरीले ६४ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले राईको घरमा छापा मारेको थियो ।

Advertisement

घर तथा वरपर खानतलासी गर्ने क्रममा घरको पछाडि रहेको शौचालयभित्र प्लास्टिकको पोकामा लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली पुग्नु अगावै घरधनी प्रकाश राई फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको छ । बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार राईको पहिचान भइसकेकाले छिट्टै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशीको कानुन मन्त्रालयमा वित्तीय बेथिति : अस्थायी लाइसेन्स कार्ड छपाईमाथि शंका
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगरमा एमाले समीक्षा बैठक : ओलीको ‘डिजिटल’स्वीकारोक्ति, तल्लो तहमा ‘संगठनात्मक’असन्तुष्टि
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
औषधि व्यवसायी संघले ५३ औँ स्थापना दिवस मनाउँदै 
डिजिटल शक्तिमा कमजोर हुँदा धक्का बेहोर्नुपर्‍यो : अध्यक्ष ओली
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
शौचालयभित्र लुकाएको ६४ केजी गाँजा बरामद 
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
चिया पसलको गल्लामा लुकाएर गाँजा बेच्ने एक जना पक्राउ
स्तनपान प्रतिस्थापन : कानुन छ, कार्यान्वयन छैन
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.