
काठमाडौं । सामाजिक सञ्जालमा युवतीमाथि खुकुरी देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ बर्षका रमेश ठाडा मगर छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल भिडियो उनकै घरको नजिक बासघारिमा चैतको महिनामा बनाएको प्रहरीले जनाएको छ ।
भिडियोमा तुलसीपुरकी २१ वर्षीय एक युवती माथि रमेश ठाडा मगरले गालीगलौज गर्दै खुकुरी प्रहार गरेको र युवतीले रुँदै `अब गर्दिनँ´भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ ।



















