बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी, दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १९:४८

काठमाडौं । अमेरिका लैजाने भन्दै बिहे गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका सञ्जिव नेपाली र काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुलीलाई पक्राउ गरेकाे हाे ।

टिकटकमा प्रिन्स तामाङ नाम राखी आफू अमेरिकामा रहेको, नेपाली समेत बोल्न नआउने भन्दै अंग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै १५ लाख १० हजार ५ सय रुपैयाँ एक युवतीबाट ठगी भएको थियो । प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएर विश्वास दिलाउने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा दाजु बहिनी बनेर कुराकानी गर्ने व्यक्ति अहिले पक्राउ परेका श्रीमान–श्रीमती रहेको खुलेको छ । श्रीमान–श्रीमती नै मिली योजनाबद्ध रूपमा ठगी गरेको पाइएको प्रहरीले जनाएकाे छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.