पराेपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार ०८:४६

विराटनगर । विराटनगर–१ स्थित परोपकार घाट क्षेत्रमा मध्यरातमा अश्लील हर्कत गर्ने ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

असार ९ गते राति करिब साढे १२ बजे घाटमा केही व्यक्तिहरू भेला भई होहल्ला गरेको र निर्वस्त्र अवस्थामा अश्लील व्यवहार देखाएको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

Advertisement

पक्राउ पर्नेमा मोरङका ४४ वर्षीय सुरेन्द्र मणि मण्डल र ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरीका २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरका १८ वर्षीय मनिष काफ्ले रहेका छन् ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.