खामेनीको अन्त्येष्टि सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ०६:३४

एजेन्सी । इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनी तथा उनका परिवारका सदस्यहरूको अन्त्येष्टि शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

राजधानी तेहरानस्थित ग्रान्ड मोसल्ला परिसरमा राखिएका कफिनमा देशका उच्च राजनीतिक, सैन्य तथा धार्मिक नेतृत्वले पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्त्येष्टि समारोहमा सहभागी भएका इरानका राष्ट्रपति मसुद पेजेस्कियान श्रद्धाञ्जली अर्पण गर्ने क्रममा भावुक बनेका थिए ।

उनी भक्कानिँदै रोएको दृश्य सार्वजनिक भएको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफसहित उपस्थित अन्य वरिष्ठ अधिकारी र सैन्य नेतृत्वसमेत भावुक देखिएका थिए ।

समारोहमा अली खामेनीसँगै उनकी श्रीमती, छोरी, ज्वाइँ तथा १४ महिनाकी नातिनीको पनि अन्तिम श्रद्धाञ्जलीका लागि कफिन राखिएको छ । सानी नातिनीको कफिनसँगै उनको तस्बिरसमेत राखिएको छ । जसले उपस्थितलाई थप भावुक बनाएको थियो ।

खामेनी र उनका परिवारका धेरै सदस्यको कफिन तेहरानको मोसल्ला परिसरमा सर्वसाधारण तथा विशिष्ट व्यक्तित्वहरूको श्रद्धाञ्जलीका लागि राखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको समारोहमा हजारौं नागरिकको उपस्थिति रहेको जनाइएको छ ।

इरानी अधिकारीहरूका अनुसार अली खामेनी र उनका परिवारका सदस्यहरू गत फेब्रुअरी २८ मा भएको अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका थिए । अन्त्येष्टि कार्यक्रम सम्पन्न भएपछि आगामी जुलाई ९ मा अली खामेनी र उनका परिवारका सदस्यहरूको शव इरानको पवित्र सहर मसहदमा लगेर अन्तिम संस्कार गरिने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
विश्वकपमा अब क्वाटरफाइनलको दौड, यी हुन् अन्तिम १६ मा पुगेका टोली
नसुध्रिएका अभिषेक गिरी : ९ वर्ष जेल बसेर छुटेपछि पनि पुरानै धन्दा
मोरङका सीमा क्षेत्रको निरीक्षणमा गृहमन्त्री गुरुङ : ‘प्रहरीका जीर्ण भवन छिट्टै निर्माण गर्छौं’
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
कोलम्बिया अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भेट
सय दिन पूरा गरेको बालेन सरकारले सार्वजनिक गर्दैछ कार्यसम्पादन विवरण
दुई डीआईजीको सरुवा, कार्य विभाग र अख्तियारमा जिम्मेवारी हेरफेर
जीवन यात्रा र गुरुको मार्ग दर्शन
जीवन यात्रा र गुरुको मार्ग दर्शन
गृहमन्त्री सुधन गुरुङ विराटनगर आउँदै
नेपाली कामदारलाई कोरिया पठाउन म्यानपावरका लागि बाटो खुला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.