नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति विस्तार 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १६:४४
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति विस्तार 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नो सांगठनिक संरचनालाई थप प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न विषयगत समितिहरू गठन गरेको छ । महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्य विभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको हो ।

बैठकले महासंघको सांगठनिक कार्य योजनालाई चुस्त बनाउन १६ वटा विषयगत समिति तथा परिषद्हरू गठन गरी तिनका सभापतिहरू चयन गरेको छ । यस्तै, कार्यसमितिमा दुई जना आमन्त्रित सदस्य थप गरिएको छ भने नीतिगत सुधार र विकासका लागि विज्ञहरूको सल्लाहकार समितिसमेत गठन गरिएको जाएको छ ।

महासंघले सदस्यता वितरण समितिको जिम्मेवारी अध्यक्ष राउत आफैँलाई तोकेको छ । अन्य समिति र तिनका सभापतिहरूमा उद्योग वाणिज्य परिषद्मा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, रोजगारदाता परिषद्मा रविन दाहाल तथा बैंक, वित्तीय, बिमा तथा पूँजीबजार समितिमा सुवास आचार्य र कर तथा राजस्व समितिमा देवकीनन्दन अग्रवाल चयन भएका छन् ।

त्यस्तै, पर्यटन तथा हवाई यातायात समितिमा भविशकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिमा कृति श्रेष्ठ उपाध्याय, व्यापार मेला समितिमा कृष्णप्रसाद रिजाल, घरेलु तथा साना उद्योग समितिमा जयप्रकाश शर्मा,
आयात निर्यात समितिमा निर्मल भट्टराई, सामाजिक विकास समितिमा नवीन चौधरी, स्थल यातायात तथा पारवहन समितिमा मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिमा विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिमा अंशु बञ्जारा र स्वास्थ्य तथा सीप विकास समितिमा तरुण सँचेती रहेका छन् ।

महासंघको कार्यसमितिमा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा र झापा उद्योग संघका उपाध्यक्ष (कृषि) विनय गोयललाई आमन्त्रित सदस्यको रूपमा थप गरिएको महासंघले जनाएको छ ।
संस्थालाई नीतिगत रूपमा सबल बनाउन गठित सल्लाहकार समितिमा पूर्वकेन्द्रीय सदस्य अविनाश बोहरा, महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष नरेन्द्रकुमार खड्का, पूर्वकेन्द्रीय सदस्य तारानाथ घिमिरे र पूर्वउपाध्यक्ष कुमारमणि पोखरेल रहेका छन् ।

यस्तै, परराष्ट्र सम्बन्धी सल्लाहकारमा पूर्वराजदूत तापस अधिकारी, आर्थिक विकास सल्लाहकारमा पूर्वभन्सार प्रशासक श्याम दाहाल, राजस्व सल्लाहकारमा सीए सुरज तिम्सिना र कानुनी सल्लाहकारमा विकास थापा चयन भए ।

महासंघले सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव र दक्षतालाई प्रदेशको आर्थिक तथा औद्योगिक विकासमा उपयोग गर्ने लक्ष्य राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.