विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०८:१३

विराटनगर । विराटनगरबाट प्रहरीले पेस्तोल र लागुऔषधसहित बुधबार बिहानका राति एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादव पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो ।

Advertisement

घरको कोठा खानतलासी गर्दा यादवको साथबाट एक थान कटुवा पेस्तोल, लागुऔष्ध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको डीएसपी मिश्रले बताए । पेस्तोल र लागुऔषध बरामद भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×