मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १६:५६

विराटनगर । मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक हजार किलो अर्थात् एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद भएको छ । रतुवामाई नगरपालिका–१० सोमबारेबाट शुक्रबार दिउँसो २ः३० बजेतिर गाँजा बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीका डीएसपी विकाशकुमार भुजेल नेतृत्वको संयुक्त टोलीले १ हजार ३३ किलो गाँजा बरामद गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचना आएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो ।

संयुक्त टोलीले रोकेर चेकजाँच गर्दा ट्रकको पछाडि धानको भुसको बोरामुनि कालो प्लाष्टिकमा प्याक गरेर राखिएको ३१ वटा पोका फेला परेको थियो । पोका खोलेर हेर्दा तयारी गाँजा रहेको पाइएको एसपी कटवालको भनाइ छ । उनका अनुसार तौल गर्दा एक हजार ३३ किलो भएको छ ।

प्रहरीले गाँजा बरामद गर्दै मिनी ट्रकलाई नियन्त्रणमा लिएर चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ । बरामद भएको गाँजा, नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर विस्तृत अनुसन्धान अघि बढाइएको जानकारी एसपी कटवालले दिए ।

प्रहरीका अनुसार उक्त गाँजा धनकुटाबाट ल्याएर भारततर्फ लैजान खोजिएको हुन सक्छ । केही दिनयता तराईमा साम्प्रदायिक हिंसा बढ्दै गएको । सुरक्षाकर्मी परिस्थिति नियन्त्रणमा व्यस्त छन् । त्यही मौका छोपेर गाँजा तस्करी गर्दै भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्तृत कुरा अनुसन्धानपछि पत्ता लाग्नेछ ।

तपाइको प्रतिक्रिया
दसैँ-तिहार सुरक्षामा ५० हजार प्रहरी परिचालन
सरकारद्वारा तीन अध्यादेश जारी गर्न सिफारिस
संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×