कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १३:५७

काठमाडौं । कर्णाली विकास बैंकमा भएको ठुलो आर्थिक अनियमितता र बैंकिङ कसुरको आरोपमा प्रहरीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले तत्कालीन सिइओ नीरजविक्रम शाहसहित तीन जनालाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

शाहसहित उनकी श्रीमती शुभेच्छा श्रेष्ठ र नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विगत केही महिनादेखि कर्णाली विकास बैंक वित्तीय अनियमितताका कारण विवादको घेरामा थियो । बैंकबाट प्रवाह भएका कर्जाहरू जोखिमपूर्ण रहेको, नक्कली धितोका आधारमा रकम निकालिएको र बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई जानाजानी कमजोर बनाइएको आरोप लाग्दै आएको थियो ।

Advertisement

बैंकको वित्तीय अवस्था नाजुक बन्दै गएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत यसमाथि विशेष निगरानी बढाएको थियो । सोही क्रममा भएको छानबिनमा ठुलो परिमाणमा रकम दुरुपयोग भएको फेला परेपछि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

बैंकको व्यवस्थापन तहबाटै आन्तरिक प्रक्रिया मिचेर निर्णयहरू गरिएको पाइएको छ । ठुलो रकम अनियमित रूपमा कर्जा प्रवाह गरिएको, धितोको मूल्याङ्कन र कागजातमा गम्भीर त्रुटि देखिएको  तथा आन्तरिक प्रक्रिया विपरीत निर्णय गरिएको आशंकामा अनुसन्धान थालेको हो ।

यस प्रकरणमा अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको र उनीहरू हाल फरार रहेको प्रहरीले जनाएको छ। केही प्रतिवादीहरू भने यसअघि नै प्रहरी पक्राउ गरिसकेको छ ।

पक्राउ परेका तीनै जनामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमितता सम्बन्धी कानुनी अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
अभिषेक गिरीले यसरी हडपे पेट्रोल पम्प : कारागारबाटै दबाब, ४ करोडको सम्पत्ति पास
 सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
भदौदेखि शिक्षक महासंघको आन्दोलन
भदौदेखि शिक्षक महासंघको आन्दोलन
देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी
कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
बैंकिङ कसुरमा कोशी प्रदेश तेस्रो स्थानमा, १ हजार १५७ मुद्दा दर्ता
विद्यालयमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते
५ लाख जरिवाना अव्यावहारिक भएको भन्दै ट्रक व्यवसायीको आपत्ति
बालसुरक्षामा मेटामाथि ५६ करोड ७० लाख डलरको थप जरिवाना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.