२३ सयमा ग्यास बेच्ने व्यापारी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ०७:४४
२३ सयमा ग्यास बेच्ने व्यापारी पक्राउ

संखुवासभा । खाँदबारी नगरपालिका–१ स्थित ‘भोजपुरे भाँडा पसल’ ले सरकारले तोकेको भन्दा बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री गरेको पाइएपछि पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सञ्चालक लोकबहादुर श्रेष्ठले प्रतिसिलिन्डर २ हजार ३ सय रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजार मूल्यभन्दा निकै  महँगोमा ग्यास बेचिरहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

Advertisement

उनका अनुसार पक्राउ परेका श्रेष्ठमाथि ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन’ अन्तर्गत मुद्दा चलाउन आइतबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिनेमाथि कडा निगरानी राखिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.