बुलेट ट्रेनको कीर्तिमान: ५ सेकेन्डमै ८०० किमी प्रतिघण्टाको गति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १२:१६

एजेन्सी।। चीनको एउटा प्रयोगात्मक म्याग्लेभ बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको परीक्षण ट्र्याकमा १.१ टन तौल भएको यो ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा उक्त गति हासिल गरेको हो।

चुम्बकीय शक्तिको प्रयोग गरी ट्र्याकभन्दा अलिकति माथि तैरिने म्याग्लेभ ट्रेनमा घर्षण पूर्ण रूपमा हट्ने गर्छ। ट्र्याकको वरिपरि रहेका कोइलहरूले उत्पादन गर्ने चुम्बकीय तरङ्गले गाडीलाई अगाडि धकेल्छ। अनुसन्धानकर्ताहरूका अनुसार ८०० किलोमिटरको गतिमा पुगेपछि यो ट्रेन करिब २०० मिटरको दूरी पार गर्दै नियन्त्रित रूपमा सहजै रोकिएको थियो। छोटो दूरीको म्याग्लेभ एक्सेलेरेसनमा यस ट्रेनले ६ महिनाभित्र विश्व कीर्तिमान तोडेको यो तेस्रो पटक हो।

Advertisement

यसअघि जुन २०२५ मा भएको पहिलो परीक्षणमा यसले ७ सेकेन्डमा ६५० किलोमिटर प्रतिघण्टाको गति लिएको थियो। त्यसपछिका परीक्षणहरूमा समय घटाउँदै यसले ७०० र ७९८ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेर आफ्नै रेकर्ड सुधारेको थियो। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार यी परीक्षणमार्फत उच्च-शक्तिको ऊर्जा प्रवाह, इलेक्ट्रोम्याग्नेटिक प्रोपल्सन, उच्च गतिको लेभिटेसन कन्ट्रोल र आपत्कालीन ब्रेकिङजस्ता प्रविधिको परीक्षण गरिएको छ।

हाल चीन र जापानमा सञ्चालनमा रहेका म्याग्लेभ ट्रेनहरू करिब ३२० किलोमिटर र व्यावसायिक रूपमा सञ्चालित फुसिङ रेल ३५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छन्। चीनकै नेसनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले बनाएको अर्को परीक्षण ट्रेनले २ सेकेन्डमै ६९७ किलोमिटरको गति लिएको थियो।

यो प्रविधि हाल यात्रु ओसारपसारका लागि नभए पनि यसका सिद्धान्तले भविष्यमा रकेट र लडाकु विमानको लन्च प्रणाली निर्माणमा मद्दत पुग्ने आशा गरिएको छ। वैज्ञानिकहरूले भ्याकुम ट्युबभित्र यस्ता ट्रेन चलाउने प्रविधिमा पनि काम गरिरहेका छन्, यद्यपि पूर्वाधार लागत, यात्रु सुरक्षा र सटीक ट्र्याक निर्माणजस्ता चुनौतीहरू अझै कायम छन्।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति
म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने मोरङको ‘रिजालको भान्सा ग्यास’ लाई पौने ३ लाख जरिबाना
भारत, क्यानाडालगायत देशले भन्सार छलीमा चीनलाई सघाएको आरोप
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.