सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १२:४४

एजेन्सी । भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङभित्र पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ।

राज्यद्वारा सञ्चालित टिहरी जलविद्युत् निगमको निर्माणस्थलमा बिहीबार राति भएको दुर्घटनामा परी १३ जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता छन्। राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङ क्षेत्रबाट १९ जना कामदारको उद्धार गरिएको छ र घाइतेहरूको उपचार भइरहेको छ।

Advertisement

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको दृश्यमा उद्धारकर्मीहरूले टाउकोमा बत्ती जडान गरी अस्थायी डुङ्गाको प्रयोग गरेर पानी भरिएको सुरुङभित्र खोजी तथा उद्धार जारी राखेको देखिन्छ।

उत्तराखण्डमा पछिल्ला दिनमा परेको भारी मनसुनी वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च बनेको छ। कमजोर हिमाली भूभागमा अव्यवस्थित रूपमा सञ्चालन गरिएका ठूला विकास निर्माणका परियोजना र जलवायु परिवर्तनका कारण यस्ता दुर्घटना बढेको वातावरणविद्हरूले बताएका छन्।

भारतमा जुनमा वार्षिक मनसुन सुरु भएयता बाढी र पहिरोका कारण देशभर सयौँ मानिसको मृत्यु भइसकेको छ। गत महिना सिक्किममा पनि जलविद्युत् परियोजनाको सुरुङ निर्माणका क्रममा २० जना कामदारको ज्यान गएको थियो। यसअघि सन् २०२३ मा उत्तराखण्डकै अर्को सुरुङमा पहिरो खस्दा ४१ जना कामदार १७ दिनसम्म भित्र फसेका थिए।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.