भिडियोसहित तीज गीत ल्याउँदै दर्पण कला संसार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ११:१०

झापा। झापाको गौरादहलाई कार्यक्षेत्र बनाएर कला तथा संस्कृतिको संरक्षणमा सक्रिय ‘दर्पण कला संसार’ले तीज गीतको छायाङ्कन सम्पन्न गरेको छ। स्थानीय महिला कलाकारहरूलाई प्राथमिकता दिँदै लागूऔषधविरुद्ध जनचेतनामूलक सन्देशसमेत समेटेर तीज गीत निर्माण गरिएको हो।

गौरादह नगरपालिका–१ स्थित मोक्षेश्वर शिवालय मन्दिर परिसरमा गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर खत्रीको विशिष्ट आतिथ्यतामा गीतको शुभमुहूर्त गरिएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार समिति सहसंयोजक टेकबहादुर कार्की, अध्यक्ष प्रेमलावतीलगायत स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Advertisement

संस्थाको ब्यानरमा निर्मित गीतको रचना तथा निर्देशन हरि बस्नेत ‘डिके’ले गरेका हुन्। अशोक थापाको सङ्गीत रहेको गीतमा दीपा अधिकारीले गायनमा डेब्यु गरेकी छन् भने भुवन खड्का निर्माता रहेका छन्। जीवन थापा मगरले छायाङ्कन गरेको भिडियोको सम्पादन मुहारसिंह थापा मगरले गर्नेछन्।

भिडियोमा गङ्गा भट्टराई खड्का, इसु अधिकारी, रिंकु मण्डल, रश्मिता थापा, पूजा गौतम, कुमारी बस्नेत, मञ्जु पाठक, निर्मला रिमाल, दीपा अधिकारी र लक्ष्मी चिमरियालगायत स्थानीय महिला कलाकारहरूले अभिनय गरेका छन्। निर्माण टोलीका अनुसार भदौ पहिलो साता भिडियो युट्युबमार्फत सार्वजनिक गर्ने तयारी छ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.