क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १०:१०

म्यानिटोबा । क्यानाडाको म्यानिटोबा प्रान्तीय सरकारले नेपालका विनाशकारी बाढीपीडितका लागि ‘नेप्लिज कल्चरल सोसाइटी अफ म्यानिटोबा’ मार्फत् ५० हजार क्यानेडियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

उक्त प्रान्तकी खेलकुद, संस्कृति, सम्पदा तथा पर्यटन मन्त्री नेली केनेडीले सो सहयोग राशिको घोषणा गरेकी हुन्। आफू बसिरहेको प्रान्तले विपत्‌मा परेका देशवासीलाई सम्झिँदै राहतस्वरूप रकम सहयोग गर्ने घोषणा गरेपछि म्यानिटोबामा रहेका नेपालीहरू खुसी छन्।

Advertisement

म्यानिटोबामा बस्दै आएका थुप्रै नेपालीका परिवार, आफन्त र साथीभाइ भोटेकोशी बाढीको वितण्डाबाट प्रभावित भएको तथ्य मनन गर्दै मन्त्री केनेडीले संकटको यस घडीमा म्यानिटोबा सरकार यहाँको नेपाली समुदाय र नेपालका जनताको साथमा रहेको बताएकी छन्।

नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ। बाढीमा परी १२ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजारौँ बेपत्ता छन्। बाढीले घरजग्गा, सडक तथा पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै खोज, उद्धार र राहत कार्यमा ठूलो चुनौती खडा गरेको छ।

सरकारको यस सहयोगप्रति आभार व्यक्त गर्दै नेप्लिज कल्चरल सोसाइटी अफ म्यानिटोबाका अध्यक्ष विजय ढकालले विपद्को समयमा म्यानिटोबा सरकारले देखाएको सहानुभूति र ऐक्यबद्धता अत्यन्तै सराहनीय रहेको बताएका छन्।

मन्त्री केनेडीका अनुसार उक्त रकम नेप्लिज कल्चरल सोसाइटी अफ म्यानिटोबाद्वारा सञ्चालित राहत सङ्कलन अभियानमार्फत प्रभावित क्षेत्रका पीडितहरूलाई सहायता पुर्‍याउन र पुनरुत्थानका कार्यमा उपयोग गरिनेछ।

यस्तै, युनिभर्सिटी अफ विनिपेगमा प्राध्यापन गर्दै आएका डा. ज्ञानेन्द्र पोखरेलले नेपालका बाढीपीडितका लागि थप करिब ७ हजार क्यानेडियन डलर संकलन भइसकेको जानकारी दिँदै थप सहयोगका लागि स्थानीय विश्वविद्यालय, संघसंस्था तथा व्यवसायीहरूसँग अनुरोध गरिरहेको जनाएका छन्।

-नेपालटचबाट

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×