संसदमा पुग्दै फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १०:१९

काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। कानुनमन्त्री सोबिता गौतमले फोहोर व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम विसर्जनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी विधेयक तयार गरिएको बताएकी छन्।

मन्त्री गौतमका अनुसार विधेयकमा फोहोर उत्पादन न्यूनीकरणदेखि स्रोतमै वर्गीकरण, सङ्कलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनःप्रयोग तथा पुनःप्रशोधनसम्मका विषय समेटिएका छन्। यस्तै, फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन गर्ने र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जन गर्ने विषयलाई पनि विधेयकमा समेटिएको उनले बताएकी छन्।

Advertisement

विधेयकमा शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता आधुनिक अवधारणालाई समेत कानुनी व्यवस्थामा समेटिएको मन्त्री गौतमले जानकारी दिएकी छन्। ‘फोहोर उठाउनु मात्र समाधान होइन। फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गरिएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्।

प्रकृतिले नेपाललाई सुन्दर देश दिएको भए पनि सडक, नदी, बस्ती तथा सार्वजनिक स्थलमा बढ्दै गएको फोहोरले प्राकृतिक सुन्दरता, वातावरण र जनस्वास्थ्यमा चुनौती थपिरहेको मन्त्री गौतमको भनाइ छ। स्वच्छ, स्वस्थ र सुन्दर नेपाल निर्माणका लागि विधेयकलाई महत्वपूर्ण कानुनी कदमका रूपमा अघि बढाउन लागिएको उनले बताएकी छन्।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×