सुनसरी र झापामा दुर्घटना, दुई जनाको मृत्यु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २, शुक्रबार ०७:०३
फाइल फाेटाे

विराटनगर । सुनसरी र झापामा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सुनसरीको इटहरीमा शुक्रबार बिहान र झापाको झापा गाउँपालिकामा बिहीबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक पानी परिरहेका बेला सडकमा चिप्लिएर आज (शुक्रबार) बिहान ४ः३० बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल पानी परिरहेका कारण चिप्लिएर अनियन्त्रित भई सडकको डिभाइडरमा ठाक्कर खाँदा चालकको मृत्यु भएको हो ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका राईलाई सुरुमा उपचारका लागि सामुदायिक अस्पताल इटहरीमा भर्ना गरिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल रेफर गरियो । विराट पुर्याउनसाथ चिकित्सकले राईलाई बिहान ५ः२० बजेतिर मृत घोषणा गरिदिएको एसपी गरीले बताए ।

उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले सडक चिप्लो हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, झापाको झापा गाउँपालिका–३ कामाटोलीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतक पनि भारतीय नै हुन् । प्रहरीका अनुसार सुरुंगाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत किसनगन्जस्थित फुटानी बजारका २८ वर्षीय सुल्तान अलीको मृत्यु भएको हो । गम्भीर अवस्थाका अलीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्तपाल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.