भरत दाहालको पक्राउप्रति शेखर कोइरालाको आपत्ति

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ५, सोमबार ०९:५९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कोइरालाले सरकार नीति र नियमभन्दा बाहिर गएर चल्न थाले लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।

‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो,’ उनले भनेका छन्। पछिल्लो समय सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले ‘हामी कस्तो समाज निर्माण गर्दैछौँ?’ भन्ने प्रश्नसमेत गरेका छन्।

दाहाललाई तत्काल रिहा गर्न माग गर्दै कोइरालाले यस्ता ‘लोकतन्त्रविरोधी क्रियाकलाप’ आगामी दिनमा नदोहोर्‍याउने प्रतिबद्धता जनाउन सरकारसँग आग्रह गरेका छन्। लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सरकार सचेत हुनुपर्नेमा उनले जोड दिएका छन्।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.