यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ०७:४५

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ । बैठकमा सरकारका तर्फबाट विभिन्न विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्याल (डीपी)ले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको विषय पत्रमार्फत सदनलाई जानकारी गराइनेछ ।

Advertisement

त्यसपछि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा. वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभाको बैठकसँगै संघीय संसद्का पाँचवटा संसदीय समितिको बैठकसमेत बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

तपाइको प्रतिक्रिया
जलाधार संरक्षण अभ्यासका लागि धनकुटा नगरपालिकालाई अन्तर्राष्ट्रिय सम्मान
बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
भारी वर्षको सम्भावनाः सरकार पूर्वतयारीमा
अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा
यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×