तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १८:२४

विराटनगर । विराटनगर महानगरपालिका–१५ चौधरी टोलमा पार्किङ गरेर राखिएका दुई भारतीय नम्बर प्लेटका सवारीसाधन भन्सार प्रक्रिया पूरा नगरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बुधबार गरेको चेकजाँचका क्रममा बीआर ११ डब्लू ३३०७ नम्बरको महिन्द्रा स्कोर्पियो र बीआर ०७ एई ६५८४ नम्बरको केटीएम ड्युक ३९० सीसी मोटरसाइकल फेला पारेको हो । दुवै सवारीसाधन विराटनगर–१५ स्थित ओमप्रकाश शाहको घरअगाडि तथा पार्किङस्थलमा राखिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माको कमान्डमा खटिएको टोलीले सवारीसाधन नियन्त्रणमा लिएको हो । सवारीसाधन नेपालमा ल्याउँदा आवश्यक भन्सार शुल्क नतिरेको अवस्थामा रहेको खुलेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । दुवै सवारीसाधन तस्करीका सामान ओसारपसारमा प्रयोग हुने गरेको आशंका छ ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका दुवै सवारीसाधन विगतमा भारतबाट अवैध मालवस्तु नेपाल ल्याउने र सीमावर्ती क्षेत्रमा ओसारपसार गर्ने प्रयोजनमा प्रयोग हुँदै आएको प्रारम्भिक सूचना छ । सोही आधारमा सुरक्षा निकायले निगरानी बढाएको अवस्थामा पछिल्लो पटक सवारीसाधन एकै स्थानबाट फेला परेका हुन् ।

स्रोतका अनुसार ओमप्रकाश शाहसँग सम्बन्धित सवारीसाधन तस्करी तथा अवैध मालवस्तु ओसारपसारमा प्रयोग हुने गरेको सूचना यसअघि पनि सुरक्षा निकायसम्म पुगेको थियो । यद्यपि, सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धानका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

दुवै सवारीसाधनको भन्सार मूल्यांकन ४२ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।

चौधरी टोल आसपासको क्षेत्र यसअघि पनि सशस्त्र प्रहरीसँग सम्बन्धित घटनाका कारण चर्चामा आएको थियो । त्यहाँ चेकजाँचका क्रममा सशस्त्र प्रहरी कर्मचारी सवार मोटरसाइकललाई ठक्कर दिएर एउटा समूह फरार भएको घटनामा नवराज साह पक्राउ परेका थिए । उक्त घटनामा ओमप्रकाश साह भने हालसम्म फरार रहेको जनाइएको छ ।

सुरक्षा स्रोतका अनुसार रानी सीमा नाकाबाट हुने तस्करीसँग जोडिएर ओमप्रकाश, नवराज र गणेश नाम गरेका व्यक्तिहरूले गतिविधि गर्ने गरेको जानकारी छ । पछिल्लो बरामदीबाट भारतीय नम्बर प्लेटका सवारीसाधन भन्सार प्रक्रिया पूरा नगरी विराटनगरका भित्री क्षेत्रमा ल्याएर राख्ने र तिनलाई सीमापारबाट हुने अवैध मालवस्तुको ओसारपसारमा प्रयोग गर्ने गरेको पत्ता लागेको छ ।

तपाइको प्रतिक्रिया
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×