सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:५६

विराटनगर । भारतबाट पटाका ल्याउँदै गरेको स्कुटरलाई नियन्त्रणमा लिन पछ्याउने क्रममा सुनसरीमा प्रहरी चढेको मोटरसाइकल दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक) घाइते भएका छन् । स्कुटरलाई पछ्याउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सई रामकुमार माझी घाइते भएका हुन् ।

झापाको कनकाई नगरपालिका–९ घर भएका ३६ वर्षीय माझी प्रहरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सुनसरीमा दरबन्दी भई हाल प्रहरी चौकी अमडुवामा कार्यरत थिए । घटना शुक्रबार दिउँसो करिब ४ बजेतिर सुनसरीको बर्जु गाउँपालिका–२ स्थित बनरुवा घाटमा भएको हो ।

भारतबाट पटाका बोकेर आउँदै गरेको स्कुटरलाई प्रहरीले पछ्याएको थियो । सोही क्रममा माझी सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

दुर्घटनामा माझीको दाहिने काँधको हड्डी भाँचिएको छ । उनको अवस्था सामान्य रहेको र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको जानकारी डीएसपी खड्काले दिए ।

प्रहरीले पटाका बोकेको को २८ प २६७६ नम्बरको स्कुटरसहित चालकलाई नियन्त्रणमा लिएको छ । स्कुटर चालक मोरङको बूढीगंगा गाउँपालिका–३ का १७ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ । उनको साथबाट विभिन्न प्रकारका पटाका बरामद भएको छ ।

पक्राउ परेका बालक र बरामद पटाकाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकले पटका भारतबाट ल्याएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
कस्तो रहने छ भाइटीकाको दिन मौसम ?
ढाका टोपीमा सजिएर नेपाल फेस्टिभलमा पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
मिडियामाथिको दबाबविरुद्ध प्रदर्शन
२० निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.