
विराटनगर । मोरङको बेलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका-२ लालभित्तीस्थित कबिर टोलमा भोजबहादुर राईको घरको कोठामा लागुऔषध लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले आइतबार राति खानतलासी गरेको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ र पाँच हजार रुपैयाँ नगद बरामद गरेको हो ।
प्रहरीले राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























