दुर्घटनामा घाइते रंगेलीका युवकको उपचारका क्रममा मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १०:१५

विराटनगर । मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २० वर्षीय शैलेन्द्र ठाकुरको उपचारका क्रममा मृत्यु भएको छ।

रंगेली नगरपालिका–१ बबियाबिर्तास्थित भित्री सडकखण्डमा मंसिर १ गते दिउँसो करिब २ः१० बजे मोटरसाइकल दुर्घटना हुँदा ठाकुर घाइते भएका थिए ।

प्रहरीका अनुसार प्रदेश १–०२–०४९ प ८७२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते ठाकुरलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मंसिर ४ गते दिउँसो १२ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनी रंगेली नगरपालिका–१ कै बासिन्दा हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.