फाइल फाेटाेकाठमाडौं। अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर हालसम्म ८० जनाको मृत्यु भएकोछ ।
बाढी र पहिरोमा परेर ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका छन् ।
उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै, काभ्रेमा १४, सिन्धुपाल्चोकमा १३, पाँचथरमा ५, सोलुखुम्बुमा ५, दोलखामा ३, धनकुटामा २, सुनसरीमा १, धादिङमा १, इलाममा १ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । २ सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ३० हजारभन्दा बढी सुरक्षाकर्मी उद्धारका लागि परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

























