सप्तकोशीमा पुग्यो ५,७९,३९० क्यूसेक

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार १९:३८

सप्तकोशी नदीको बहाव निरन्तर बढिरहेको छ । अविरल वर्षाका कारण सप्तकोशी नदीको बहाव ५६ वर्षयताकै उच्च भएको हो । बहाव निरन्तर बढ्दो क्रममा छ ।

सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले शनिबार साँझ ७ बजे बहाव ५ लाख ७९ हजार ३ सय ९० क्यूसेक मापन भएको जानकारी दिए । उनका अनुसार कोशीको बहाव ५६ वर्षयताकै उच्च हो ।

सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्यूसेक मापन भएको थियो । निरन्तरको वर्षाका कारण बहाव उच्च हुँदा कोशी ब्यारेजको पुलमाथिबाटै पानी बग्न थालेको छ ।

ब्यारेजको पुलको १८ नम्बर ढोकामाथिबाट पानी बगेको जानकारी एसपी रेग्मीले दिए । बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको उनले बताए ।

पुलबाटै पानी बग्न थालेपछि कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट सवारीसाधन र मानिस आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

कोशी ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ । बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ । भारतीय मौसविज्ञले कोशीमा बाढीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्नसक्ने पूर्वानुमान गरेका छन् ।

कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । एसपी रेग्मीले ठाउँठाउँमा उद्धार टोली पनि परिचालन गरिएको जानकारी दिए ।

पहाडी जिल्लाहरुमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्न सक्ने अनुमान छ । २ दिनयताको अविरल वर्षाका कारण सप्तकोशीसहित पूर्वका विभिन्न खोला तथा नदीहरुको बहाव अत्यधिक बढेको छ ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.