झ्याप्ले खोलाको पहिरोमा पुरिएका २९ वटा शव निकालियो

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १२:५४

काठमाडौं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा हालसम्म २९ वटा शव भेटिएको छ । शवलाई पहिरोबाट बाहिर निकालिएको छ ।

पहिरोले पुरिएको अवस्थामा भेटिएका विंगर र बसभित्रबाट शवहरू निकालिएको प्रहरीले जनाएको छ । शनिवार साँझ १४ वटा शव निकालिएको थियो । आइतबार १५ वटा शव निकालिएको छ । अहिलेसम्म शवको संख्या २९ पुगेको हो ।

स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा थप शवहरू भेटिन थालेको जानकारी प्रहरीले दिएको छ । उक्त पहिरोमा कतिवटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।

पहिरोमा शनिबार सवारी साधन पुरिएको आशंकामा खोजी र उद्धार थालिएको हो । सवारी साधन कतिबेला पुरिएका थिए भन्ने हालसम्म यकिन भएको छैन । पहिरोमा पुरिएका सवारीसाधन र शवको संख्या बढ्न सक्ने अनुमान छ ।

 

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.