
काठमाडौँ । मेडिकल व्यावसायी दुर्गा प्रसाईविरुद्ध साइबर क्राइमको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो ।
गत असोज ६ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईमाथि अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग सरकारी पक्षले गरेको छ ।

























