आजबाट ३ दिन राष्ट्रिय शोक

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार ०६:२०

विराटनगर । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै सरकारले आजबाट ३ दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएकोले सोही अनुसार गर्न गराउन यो सूचना प्रकाशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको सूचनामा भनिएको छ।

दुई दिनको लगातारको वर्षापछि उत्पन्न बाढी-पहिरोबाट हालसम्म २०९ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् ।

सरकार बेपत्ता र मृत्यु भएको परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराृउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.