
विराटनगर । मोरङको बेलबारीमा बस र बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ पूर्वपश्चिम राजमार्गको बेलबारी नगरपालिका– ३ खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी बोलेरो चालक मोरङ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय नोबेल अस्पतालमा लगिएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूराे अस्पताल विराटनगर ल्याइएकाे थियाे । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको माेरङ प्रहरीले जनाएको छ ।

























