सुनसरीको तरहरा आसपासमा भारी वर्षा

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १६, बुधबार ०९:१०

विराटनगर । कोशी प्रदेशका केही ठाउँमा आज (बुधबार) बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । तरहरामा ६६.८ मिलिमिटर र मोरङको केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सर्दु ,सुनसरी खोला ,बूढी खोला, खेशलिया खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको विभागले जनाएको छ ।

अत्यधिक वर्षाका कारण होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागको आग्रह छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.