सर्वाेच्चका उपरजिष्ट्रारको फेसबुक स्टाटसः ‘बार अध्यक्षविरुद्धकाे प्रतिवेदन फिर्ता लिन्छु’ 

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १७, बिहीबार ०७:४५
बार अध्यक्ष घिमिरे

विराटनगर । सर्वोच्च अदालतको सूचना अधिकारीसमेत रहेका उपरजिष्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतमा दायर गरेको अवहेलनाको प्रतिवेदन फिर्ता लिने बताएका छन् ।

प्रधानन्यायाधीशले अवकाशको बेलामा लेनदेन गरेर न्यायाधीश नियुक्त गरेको सुनिएको भन्दै बार अध्यक्ष घिमिरेले अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने दाबी गर्दै उपरजिष्ट्रार घिमिरेले प्रतिवेदन तयार पारेका थिए । जसको सुनवाई दसैं पछिलाई तोकिएको छ । प्रतिवेदनमाथि सर्वोच्च प्रशासनले कात्तिक १ गते तारेख तोकेको छ ।

उपरजिष्ट्रार घिमिरेले  बुधबार राति सामाजिक सञ्जाल मार्फत कसैको प्यादा नबन्ने र प्रतिवेदन फिर्ता लिने स्टाटस लेखेका हुन् ।

‘म हिजोदेखि निदाउन सकेको छैन, जीवनभर प्रजातन्त्रको पक्षमा लागियो, बा सधैँ यसकै लडाइ लड्नू भयो, बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो,’  उनले लेखेका छन् ‘ त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु, अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु, म कसैको प्यादा बन्न चाहिन ।’ 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.